प्रदेशको नाम खारेजीका लागि आन्दोलन गरिरहेको 'प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समिति'ले इलाम–२ मा हुने उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेको छ।
विराटनगर– प्रदेश नामकरणप्रति असन्तुष्टि जनाएर आन्दोलनमा रहेका पहिचानवादी संगठनले प्रतिनिधिसभा सदस्यका लागि इलाम– २ मा हुने उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने भएका छन्
‘कोशी’ नाम खारेजीका लागि आन्दोलनको अगुवाइ गर्न गठित प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने भएको हो। सुनसरीको धरानमा बसेको समिति बैठकले उक्त निर्णय गरेको हो।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पद खाली छ। यस्तै, बैठकले प्रदेशको नाम ‘कोशी’ राखिएको फागुन १७ गतेलाई कालो दिनका रूपमा मनाउने निर्णयसमेत गरेको किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले बताए।
उनका अनुसार प्रदेशसभा, प्रदेशसभा सदस्य, सरकार तथा दलका नेताले जिम्मेवार भएर पुनः नामांकनको प्रक्रिया अघि बढाउन पनि अपिल गरिएको छ। पहिचानको आन्दोलन अन्तर्राष्ट्रियकरण भइसकेकाले कसैले हार्नु नपर्ने, पुनः नामकरण भए जनताको जित हुने भएकाले अझ सशक्त बनाउने अध्यक्ष एक्तेनले बताए।
बैठकमा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष ग्याल्जे शेर्पा, पुनः नामांकन अभियान समिति अध्यक्ष डेकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताची राई र नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, पूर्वमन्त्री गोपाल किराती, जनमुक्ति पार्टी अध्यक्ष केपी पालुङवालगयतको उपस्थिति थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
