पाकिस्तानमा आतंकवादीसँगको भिडन्तमा ५ सैनिकको मृत्यु

बलुचिस्तानमा शान्ति र स्थिरता कायम गर्न पाकिस्तानको सुरक्षा बल कटिबद्ध रहेको सेनाले जनाएको छ।

बलुचिस्तानमा शान्ति र स्थिरता कायम गर्न पाकिस्तानको सुरक्षा बल कटिबद्ध रहेको सेनाले जनाएको छ।

पाकिस्तानको बलुचिस्तान प्रान्तमा आतंकवादीसँगको भीडन्तमा पाँच सैनिकको मृत्यु भएको छ।

पाकिस्तानी सेनाको मिडिया इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले केच जिल्लाको बुलेदा क्षेत्रमा सुरक्षा बलले अपरेसन गरेको र सो क्रममा भिडन्त भएको जनाएको छ ।

यस क्रममा आतंककारीले सुरक्षा बलको गाडीलाई विस्फोट गराएका थिए। त्यसपछि दुवै पक्षबीच गोली हानाहान शुरू भएको थियो। 

“सुरक्षाकर्मीले तुरुन्तै गोलीबारीको जवाफ दिए र आतंककारीलाई प्रभावकारी रूपमा आक्रमण गरे,” आईएसपीआरले भनेको छ, “भिडन्तमा तीन आतंककारी र पाँच सैनिकको मृत्यु भएको छ।” 

आतंककारीलाई हटाउन उक्त क्षेत्रमा सेनाले थप अपरेसन चलाइरहेको जनाएको छ। बलुचिस्तानमा शान्ति र स्थिरता कायम गर्न पाकिस्तानको सुरक्षा बल कटिबद्ध रहेको सेनाले जनाएको छ।