सात पटक बिहे गरिसकेकी उनी फेरि विवाहको प्रस्ताव आयो भने अस्वीकार नगर्ने बताउँछिन्।
‘तन बुढो भए पनि मन बुढो हुँदैन।’ यो भनाइ ठ्याक्कै लागू हुन्छ, मलेसियाकी ११२ वर्षीया एक महिलासँग। उनको नाम हो सिती हवा हुसेन। उमेरले एक शताब्दी कटाइसक्दा पनि बाँच्ने इच्छा पहिलेको जस्तै छ। सात पटक बिहे गरिसकेकी उनी फेरि विवाहको प्रस्ताव आयो भने अस्वीकार नगर्ने बताउँछिन्।
उनी ठट्टा गर्दै भन्छिन्, "म अझै जीवनसाथीको खोजीमा छु।" सितीले यसलाई मजाकको रूपमा भनेकी छिन्। मलेसियाको केलान्तान निवासी सिती भन्छिन्, "मेरा केही पूर्व श्रीमानको मृत्यु भइसकेको छ र केहीसँग सम्बन्धविच्छेद भएको छ, किनकी हाम्रो अनबन भइरहन्थ्यो।"
यति बुढो भए पनि सितीले आफ्ना काम सबै फुर्तिका साथ गर्छिन्। उनी दिनमा पाँच पटक नमाज पढ्छिन्। उनको लामो आयुको रहस्य सोध्दा उनले आफ्नो स्वास्थ्यको पूर्ण ख्याल गर्ने र ‘ग्रेभी’ मिसाएको भात नखाने बताउँछिन्।
उनी अहिले आफ्नो ५८ वर्षीय कान्छा छोरा अली सिमीसँग बस्छिन्। सिमी आफ्नी आमाले खाने कुरामा सधैँ ध्यान दिने र आफ्नो खाना कहिल्यै नछोड्ने बताउँछन्। तर उच्च रक्तचापको औषधि भने दैनिक सेवन गर्छिन्। उनी भन्छन्, "आज पनि उनी बसेर पाँच पटक नमाज पढ्छिन्। यद्यपि उनको स्मरणशक्ति अलि कमजोर छ। तर उनी अझै पनि आफ्ना छोराछोरी र नातिनातिनाहरूलाई आफ्नो समयका कहानी सुनाउँछिन्।"
सितीका पाँच सन्तान छन्, सबै ५८ र ६५ वर्षका बीचका छन्। १९ नातिनातिना र ३० जना पनातिपनातिनाहरू छन्। सितीले आफ्नो जीवन पूर्णरूपमा बिताएको परिवारको भनाइ छ। "उहाँले फेरि बिहे गर्नुहुन्छ वा हुँदैन भन्दा पनि लामो जीवन बाँच्ने सन्दर्भमा मानिसहरूका लागि प्रेरणा बन्नुभएको छ," उनका छोरा सिमीले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
