एपीएफले दिएको २४२ रनको लक्ष्य पछ्याएको बागमतीले ४२.२ ओभरमा सबै विकेट गुमाउँदै १५२ रन मात्रै बनाउन सक्यो।
काठमाडौँ– सन्दीप जोराको शतकप्रेरित एपीएफले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विजयी शुरूआत गरेको छ। आइतबार सम्पन्न खेलमा एपीएफले बागमती प्रदेशलाई ८९ रनले पराजित गरेको हो।
एपीएफले दिएको २४२ रनको लक्ष्य पछ्याएको बागमतीले ४२.२ ओभरमा सबै विकेट गुमाउँदै १५२ रन मात्रै बनाउन सक्यो।
बागमतीका लागि कप्तान रित गौतमले सर्वाधिक ६० रन बनाए। उनले ८९ बलमा ८ चौका प्रहार गरे। ओपनर आशुतोष घैरैयाले ५७ बलमा ५ चौकासहित ४१ रन बनाए।
रविन जैशी २० रनमा अविजित रहँदा अन्य ब्याटरको प्रदर्शन भने राम्रो रहन सकेन।
एपीएफका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४ विकेट लिए। अविनाश बोहोरा र श्याम ढकालले २/२ विकेट लिँदा पूर्ण विक र भुवन कार्कीको नाममा १/१ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४१ रन बनायो।
एपीएफका सन्दीप जोराले सर्वाधिक ११२ रन बनाए। उनले ११७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। लोकेश बम २७, अमर रौटेला २२, आशिफ शेख १५, प्रज्वल शाही १० र भुवन कार्की १० रनमा आउट हुँदा अविनाश बोहोरा १८ रनमा अविजित रहे।
बागमतीका सूर्य तामाङले ३ विकेट लिँदा प्रतीश जीसी र रिजन ढकालको नाममा २/२ विकेट रह्यो। सोनु देवकोटाले १ विकेट लिए। बागमतीको यो लगातार दोस्रो हार हो।
बागमती पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ६८ रनले पराजित भएको थियो। एपीएफको यो पहिलो खेल हो। एपीएफ २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
