प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताए।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल ‘ताइवान स्वतन्त्रता’को विपक्षमा रहेको बताएका छन्। आइतबार काठमाडौँमा चिनियाँ नयाँ वर्षको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
उनले ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको र आफ्नो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा प्रष्ट पारेको बताए। उनले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताए।
“ताइवान चीनकै अभिन्न अंग हो। ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको छ। मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रष्ट पारिएको छ। हामी फेरि भन्न चाहन्छौँ, हामी ‘ताइवान स्वतन्त्रता’को विपक्षमा छौँ,” उनले भने।
उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशको सम्बन्ध प्रगाढ रहेको बताए। उनले आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट चीनप्रतिको नेपालको प्रतिबद्धता प्रभावित नहुने जिकिर गरे।
प्रधानमन्त्री दाहालले चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पारे। दुई देशको सभ्यता नदी र हिमशृङ्खलाले मात्र नजोडिएको भन्दै उनले दुई देशका साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
