भीड नियन्त्रणमा घातक हतियार प्रयोग गर्दा ठूलो संख्यामा निर्दोष नागरिकले ज्यान गुमाएकाले यस्ता वस्तुको प्रयोग प्रतिबन्धित गर्न मागसहित सर्वोच्चमा रिट निवेदन पेस गरेको वरिष्ठ अधिवक्ता त्रिपाठीको भनाइ छ।
काठमाडौँ– वरिष्ठ अभिवक्ता दिनेश त्रिपाठीले जनप्रदर्शन एवं भीड नियन्त्रणमा घातक हतियार तथा ‘मेटल बुलेट’को प्रयोग प्रतिबन्धित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन्।
भीड नियन्त्रणमा घातक हतियारको प्रयोगले ठूलो संख्यामा निर्दोष नागरिकले ज्यान गुमाएका र त्यस्ता हतियार प्रयोगमा रोक लगाउनुपर्ने माग गर्दै उनले आइतबार सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बललाई विपक्षी बनाइएको रिट निवेदन हाल दर्ता प्रक्रियामा रहेको उनको भनाइ छ।
पुस १३ गते ललितपुर बालकुमारीस्थित ईपीएस शाखा कार्यालयमा कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयमा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो। सुजनको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो।
त्यस्तै, गत शुक्रबार सर्लाहीको बरहथवामा झडप हुँदा प्रहरीले चलाएको गोली लागि स्थानीय जयशंकर साहको मृत्यु भएको थियो। यी घटनापछि प्रदर्शन नियन्त्रण गर्ने नाममा प्रहरी प्रशासनले अनावश्यक बल प्रयोग गरेको भन्दै आलोचना भइरहेका बेला वरिष्ठ अधिवक्ता त्रिपाठीले जनप्रदर्शन नियन्त्रण गर्न घातक हातहतियार प्रयोगमै प्रतिबन्धित गर्न माग गर्दै रिट दायर गरेका हुन्।
रिट निवेदनमा जनप्रदर्शन एवं भीड नियन्त्रणका लागि घातक हतियार एवं मेटल बुलेटको प्रयोगलाई प्रतिबन्धित गर्नुपर्ने, भीड नियन्त्रणमा अत्यधिक बल प्रयोग एवं हिंसात्मक साधनको प्रयोगलाई वर्जित गर्नुपर्ने, भीड नियन्त्रणको अहिंसात्मक तौरतरिकाबारे प्रदर्शन व्यवस्थापनका लागि खटिने प्रहरीहरूलाई अनिवार्य प्रशिक्षण दिनुपर्ने र यसलाई अनिवार्य रूपमा प्रहरीको ‘ट्रेनिङ म्यानुअल’मा समावेश गर्ने व्यवस्था गर्न माग गरिएको छ।
त्यस्तै, भीड नियन्त्रणका लागि गैरघातक हतियारको प्रयोग गर्दा पनि मानवअधिकारका आधारभूत मापदण्डहरूको प्रयोग सुनिश्चित गर्नुपर्ने, निहत्था नागरिकमाथि घातक हतियारको प्रयोग गर्ने एवं जीवन अपहरणमा संलग्न जो कोहीलाई आदेशको जिम्मेवारीअन्तर्गत गैरकानूनी आदेश दिने वा सो आदेशको कार्यान्वयन गर्नेलाई उत्तरदायी बनाउन ज्यानसम्बन्धी कसुरमा अभियोजन गर्न पनि रिट निवेदनमा माग गरिएको छ।
रिट निवेदनमा प्रहरीहरूलाई आत्मसुरक्षाका साधन अभावले पनि अत्यधिक बल प्रयोग हुने गरेकोले प्रहरीहरूलाई पर्याप्त मात्रामा हेलमेट, सुरक्षा ज्याकेट एव बुलेट प्रुफको निरन्तर आपूर्तिको व्यवस्था मिलाउन पनि माग गरिएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
