कोशी, बाग्मती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

काठमाडाैँ– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ। सोमबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भूभागका केही क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति पनि पहाडी भूभागमा आंशिक‍देखि सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी ,कोशी र बाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी, बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।