बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार छन्।
मुगु– मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको खुलेको छ। बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार छन्।
छायाँनाथ रारा नगरपालिका–१४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी बालिकामाथि नगर प्रहरीका एक जवानसहित ९ जनाले सामूहिक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले छायाँनाथ रारा नगरपालिका–५, कार्कीवाडाका ३० वर्षीय नगरप्रहरी बसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका–८ का २२ वर्षीय बसन्त रोकाया लगायत १४ वर्ष मुनिका तीन जना नाबालकहरूलाई पक्राउ गरेको छ।
बलात्कारमा संलग्न भएको आरोप लागेका कृषि विकास कार्यालयका सवारी चालक पदमबहादुर कठायत र अन्य तीन जना नाबालकहरू भने फरार रहेका छन्। बालिकाले दिएको जाहेरीका आधारमा उनीहरूले भदौ र असोजमा गरी पटक–पटक बालिकामाथि सामूहिक बलात्कार गरेको खुलेको मुगुका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र बहादुर थापाले जानकारी दिए।
बलात्कारपछि बालिकाको पेटमा गर्भ छ। बालिकाले दिएको जोहरीअनुसार १० असोजमा नगर प्रहरी बसन्तबहादुर कार्कीले डेरामा आएर एकछिन काम छ भन्दै बाहिर बोलाएका थिए। डेराबाहिर आएकी बालिकालाई उनले हातमा समाएर कृषि विकास कार्यालयको भवन पुर्याएका थिए। त्यसपछि अनेक लालचमा पारेर नगर प्रहरी कार्की, बसन्त रोकाया र पदमबहादुर कठायतले आफूलाई करणी गरेको बालिकाको आरोप छ। प्रहरीले पक्राउ परेकाहरूविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
