कुवेत नेपालीको श्रम गन्तव्य देश पनि हो। अघिल्लो आर्थिक वर्षमा मात्रै ४३ हजार ५०७ नेपाली रोजगारीको लागि कुवेत गएका थिए।
कुवेतले नियम उल्लंघन गरेर बसेका आप्रवासी नागरिकलाई देशनिकाला गरेको छ। कुवेतको बसोबास तथा रोजगारी नियम उल्लंघन गरेको आरोपमा ११ दिनमा १ हजार ४७० व्यक्तिलाई देश निकाला गरेको गल्फ न्युजले जनाएको छ।
त्यहाँको गृहमन्त्रालयले यो कदम उठाएको हो। कुवेत नेपालीको श्रम गन्तव्य देश पनि हो। अघिल्लो आर्थिक वर्षमा मात्रै ४३ हजार ५०७ नेपाली रोजगारीको लागि कुवेत गएका थिए।
कुवेतमा प्रहरीले आप्रवासी श्रमिकको गतिविधिलाई नियालीरहेका हुन्छन्। त्यहाँको धर्म तथा कानूनले बन्देज लगाएका कुरा गर्नु ठूलो अपराध मानिन्छ। कुवेतले पहिलेदेखि नै यस्ता गतिविधि गर्नेलाई देशनिकाला गर्दै आएको हो। कुवेतले यसलाई देशको सुरक्षा अभियान बताएको छ।
उल्लेखनीय कुरा के छ भने, विगत १० दिनमा रेसिडेन्सी मामिला अनुसन्धान विभागले मात्रै बसोबास तथा श्रम कानून उल्लंघनमा केन्द्रित सुरक्षा कारबाहीमार्फत करिब ७ सय जनालाई पक्राउ गरेको छ। नयाँ वर्षमा ४० हजार नाघेको आवास तथा रोजगारी ऐन उल्लंघनका बढ्दो संख्यालाई मध्यनजर गर्दै गृह मन्त्रालयले आफ्नो निर्देशनलाई बलियो बनाएको छ।
गत वर्ष मात्रै ४२ हजार ८५० उल्लंघनकारीलाई पक्राउ गरी देश निकाला गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
