प्रधानमन्त्री दाहालले अब मेलम्चीको पानी नियमितरूपमा उपभोक्ताको धारामा झर्ने प्रबन्ध मिलाउने बताएका छन्।
काठमाडौँ– काठमाडौँवासीका घरमा एकपटक फेरि मेलम्चीको पानी आएको छ। सोमबार मेलम्चीको पानी पुनर्वितरणको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सिंहदरबार परिसरबाट गर्दै उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताएका छन्।
प्रधानमन्त्री दाहालले अब मेलम्चीको पानी नियमितरूपमा उपभोक्ताको धारामा झर्ने प्रबन्ध मिलाउने बताए। "काठमाडौँ उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रयासरत छ। हाल आयोजनाको हेडवर्क्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ," प्रधानमन्त्री दाहालले भने।
प्रधानमन्त्री दाहालले अर्को वर्षदेखि २४सै घण्टा पानी आउने गरी निर्माण र व्यवस्थापन गर्न मन्त्रालय र आयोजना प्रमुखलाई निर्देशन दिए। "सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौँ उपत्यकामा नयाँ वितरण प्रणाली र फोहोर पानी प्रशोधन प्रणालीसमेत विकास गर्नुपर्नेछ। केही वर्षभित्रै अर्को चरणमा काठमाडौँ उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ता सदस्यहरूको धारामा वितरण गरिने व्यवस्था मिलाउन म सम्बन्धित निकायलाई निर्देशितसमेत गर्दछु," दाहालले भने।
प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवको आयोजनामा रहेको मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन गरी ठोस् कार्ययोजनामार्फत काम गरी बाह्रै महिना मेलम्चीको पानी उपभोक्ताको धारामा झार्ने गरी प्रयास गरिरहेको बताए।
प्रधानमन्त्री दाहालले खानेपानीको दीगो व्यवस्थाका लागि दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने जानकारी गराए। काठमाडौँका उपभोक्ताको धारामा सोमबार बिहान आठ बजेदेखि नै मेलम्चीको पानी छोडिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए।
अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ। सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने आचार्यले जानकारी दिए।
कार्यक्रममा खानेपानी मन्त्री महिन्द्रराय यादवले भने, "खानेपानी मन्त्री महेन्द्रराय यादवले मेलम्ची खानेपानीलाई वर्षभरि नै उपभोक्तामाझ दीर्घकालीन रूपमा पुर्याउन दोस्रो चरणको याङ्ग्री र लार्केको काम अगाडि बढाउन मन्त्रालयको विज्ञहरूको सल्लाह लिएर राजनीतिक तहमा सहमति जुटाउन पहल गरेको छु।"
मुख्य सचिव बैकुण्ठ अर्यालले आयोजना बनाएर उद्घाटन गर्ने, तर त्यसको दिगोपन नहुने भन्दै मेलम्चीबाट शिक्षा लिई अन्य आयोजनाहरूका लागि कार्ययोजना बनाएरै काम गर्नुपर्ने बताए। अर्यालले मेलम्चीले निरन्तरता पाउनुपर्नेमा जोड दिँदै भने, "यो पानी सधैँ आओस्।"
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी वितरणलाई निरन्तरता दिएर सुलभ मूल्य र सरल रूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिए। उनले आयोजनाको दिगोपनालाई कायम गर्नुपर्ने भन्दै उपत्यका सँगै देशभरिकै भूमिगत पानी निस्कासनमा सरकारले ध्यान दिनुपर्ने बताए।
गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएको थियो। कूल २८ दिनको कार्ययोजनासहित पानी पथान्तरण शुरू गरिए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजलमा पानी पथान्तरण गरी समितिले उपभोक्ताको धारामा पानी पुर्याउन मन्त्रालय सफल भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
