चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटकले निकुञ्जको अवलोकन भ्रमण गरेको बताए।
चितवन– चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाखभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन्। निकुञ्जमा जंगल सफारीमार्फत पाँच महिनामा एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटकहरूले निकुञ्जको अवलोकन गरेका हुन्।
वन्यजन्तु अवलोकनका लागि प्रसिद्ध चितवन राष्ट्रिय निकुञ्ज विदेशी पर्यटकहरूका लागि बढी रुचाइने क्षेत्र पनि हो। यस निकुञ्जमा गैँडा, पाटेबाघ, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन्।
यसैगरी, घडियाल गोही, मगर गोही, अजिंगर लगायत सरीसृप तथा उभयचर, बसाइँ सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुंगी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरू रहने गर्दछन्।
चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटकले निकुञ्जको अवलोकन भ्रमण गरेको बताए। उनका अनुसार पछिल्लो पाँच महिनामा निकुञ्ज भित्रिएका एक लाख बढी पर्यटकबाट १० करोडभन्दा बढी राजस्व संकलन भएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष तीन लाख बढी विदेशी तथा स्वदेशी पर्यटक आएका थिए। गत वर्ष तीन लाख पर्यटकबाट ३० करोड रुपैयाँ राजस्व संकलन गरेको निकुञ्जले जानकारी दिएको छ। गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमन वृद्धि हुने निकुञ्जको अपेक्षा छ।
उनका अनुसार निकुञ्जमा प्रतिकिलोमिटरको क्षेत्रमा वन्यजन्तुहरू अवलोकन गर्न सक्ने अवस्था रहेको छ। चितवन राष्ट्रिय निकुञ्जले गैँडा, बाघ, अन्य वन्यजन्तु र जंगल सफारीमार्फत अवलोकनका लागि आउने हात्ती कुन क्षेत्रमा छ भन्ने जानकारी लिने यन्त्र नै जडान गरेर काम गरिरहेको छ। उनले चितवन राष्ट्रिय निकुञ्जमा ध्रुवे, रोनाल्डो, मकुना, यमगज र गोविन्दे लगायतका हात्तीहरू बाहिर देखिएको बताए। —न्युज एजेन्सी नेपाल
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
