सुन्धारा क्षेत्रमा सवारी चापले अस्तव्यस्त सडक (तस्वीरहरू)

दुई वटा कार्यक्रम एकै स्थानमा हुँदा ट्राफिक प्रहरीलाई सवारीसाधन व्यवस्थापनमा समस्या भएको छ भने सुन्धारा क्षेत्र हुँदै यात्रा गर्नेहरू लामो जाममा फसेका छन्।

तस्वीर : फोटो लाइब्रेरी

काठमाडौँ– काठमाडौँको टुँडिखेलमा सोमबार माघे संक्रान्तिका अवसरमा मगर र थारू समुदायले माघी विशेष मेला आयोजना गरेका थिए। सो अवसरमा वसन्तपुरबाट झाँकीसहित टुँडिखेलसम्म र्‍यालीसमेत निकालिएको थियो। मगर र थारू समुदायका कार्यक्रम एकै ठाउँमा आयोजना गरिँदा टुँडिखेल पुग्नेहरूको भिड उच्च थियो। कार्यक्रममा सहभागीहरूको भिड र सहज रूपमा ट्राफिक व्यवस्था हुन नसक्दा उपत्यकाको मुख्य व्यस्त सडक सुन्धारा क्षेत्र सवारी जामले अस्तव्यस्त भएको छ। दुई वटा कार्यक्रम एकै स्थानमा हुँदा ट्राफिक प्रहरीलाई सवारीसाधन व्यवस्थापनमा समस्या भएको छ भने सुन्धारा क्षेत्र हुँदै यात्रा गर्नेहरू लामो जाममा रोकिन बाध्य भएका छन्। तस्वीरहरू: