माघी मनाउने क्रममा टुँडिखेलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा आठ जना घाइते भएको प्रहरीले जनाएको छ।
काठमाडौँ– माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरूबीच भागदौड हुँदा आठ जना घाइते भएका छन्।
टुँडिखेलमा माघे संक्रान्तिको अवसरमा मगर र थारू समुदायले आयोजना गरेको छुट्टा-छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा उनीहरू घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए।
“आज टुँडिखेलमा ठूलो संख्यामा थारू र मगर समुदायका व्यक्ति माघी मनाउन जम्मा भएका थिए। भीडमा भागदौड हुँदा आठ जना घाइते भएका छन्,” उपरीक्षक ढुंगेलले भने।
घाइतेहरूको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उनको भनाइ छ। महोत्सवस्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरू घाइते भएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
