पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ।

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ। निगम सञ्चालक समितिले सोमबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।

इन्डियन आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १.२६ रुपैयाँ, डिजेल प्रतिलिटर ०.८३  रुपैयाँले घटेको थियो।

निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जका लागि पेट्रोलको मूल्य प्रतिलिटर १६३.५० रुपैयाँ, डिजेल र मट्टितेल १४३.५० रुपैयाँ कायम भएको छ।

सुर्खेत र दाङका लागि पेट्रोल प्रतिलिटर १६५, डिजेल र मट्टितेल प्रतिलिटर १५५ कायम भएका भएको छ। काठमाडौँ, पोखरा र दिपायलका लागि पेट्रोल प्रतिलिटर १६६, डिजेल र मट्टितेल १५६ कायम भएको छ।