तराईमा हुस्सु, पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

साथै, बंगलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनएको छ। जसले गर्दा पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो, पहाडी भूभागमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना छ।

यसैगरी, राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा राति पनि हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ। 

देशभर चिसो बढेकाले आवश्यक सतर्कता तथा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।