बोनमाटीले स्पेनलाई महिला विश्वकप र बार्सिलोनालाई युरोपेली च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरेकी थिइन्।
काठमाडौँ– फिफा उत्कृष्ट वर्ष खेलाडी २०२३ को उपाधि पुरुषतर्फ अर्जेन्टिनाका लियोनल मेस्सी र महिलातर्फ स्पेनकी आइटाना बोनमाटीले जितेका छन्।
हाल इन्टर मियामीमा रहेका मेस्सीले म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड र पेरिस सेन्ट जर्मेन (पीएसजी)का केलियन एमबाप्पेलाई पछि पार्दै अवार्ड जितेका हुन्। यससँगै मेसीले तेस्रोपटक उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन्। यसपल्ट भने यो विवादास्पद बन्यो।
यस्तै, सोमबार राति लन्डनमा आयोजित समारोहमा बोनमाटीले महिला अवार्डका लागि आफ्नै देशकी जेनिफर हर्मोसो र कोलम्बियाकी लिन्डा क्यासेडोलाई पछि पारिन्।
उनले स्पेनलाई महिला विश्वकप उपाधि र बार्सिलोनालाई युरोपेली च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरेकी थिइन्।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओला पुरुष प्रशिक्षक घोषित भए। सिटीकै इडरसनले गोलकिपरको अवार्ड जिते। उनले रियल मड्रिडका थिबाउट कोर्टोइस र अल हिलालका यासिन बोनोउलाई पछि पारे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
