सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक सचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ।
काठमाडौँ– नेपालमा मंगलबार २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदैँछ।
सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक सचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित हरेक वर्ष माघ २ गते यो दिवस मनाउने गरिन्छ। दिवस २०५५ सालदेखि मनाउन थालिएको हो।
यस वर्षको भूकम्प सुरक्षा दिवसको नारा ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ रहेको छ। काठमाडौँसहित देशका विभिन्न स्थानमा भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षित आवास निर्माणबारे नागरिकलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरकारले विभिन्न कार्यक्रम आयोजना गरेको छ।
काठमाडौँको चन्द्रागिरि, ललितपुर र भक्तपुरमा विशेष कार्यक्रम आयोजना गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। कार्यक्रममा भूकम्पबाट कसरी सुरक्षित रहने र संरचना कसरी सुरक्षित बनाउने भन्नेबारे प्रदर्शनी गरिनेछ। तीन दिनसम्म राष्ट्रिय गोष्ठी आयोजना गरिने बताइएको छ।स्थानीय तह तथा र जिल्ला प्रशासन कार्यालयले ७७ वटै जिल्लामा चेतनामूलक कार्यक्रम गर्दैछन्।
१९९० माघ २ को भूकम्पमा आठ हजार ५१९ जनाको मृत्यु भएको थियो। ८० हजार घर ध्वस्त भएका थिए। २०७२ वैशाख १२ को भूकम्पमा आठ हजार ६७० जनाको मृत्यु भएको थियो। सात लाखभन्दा बढी आवासमा क्षति पुगेको थियो
यस्तै, गत कार्तिक १७ गते राति गएको जाजरकोट भूकम्पबाट १५३ जनाको मृत्यु भएको थियो। नेपाल अझै पनि ठूलो भूकम्पको जोखिममा रहेको विज्ञले बताउँदै आएका छन्। भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माणमा पूर्वतयारी र आवश्यक सचेतना अभिवृद्धि गर्न जरुरी रहेको प्राधिकरणले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
