बागलुङमा वर्थिङ सेन्टर रहेका २२ स्वास्थ्य संस्थामा प्रसूति प्रतीक्षा घरको व्यवस्था गरिएको छ। जहाँ सुत्केरी र कुरुवालाई खाना खाने र बस्ने प्रबन्ध छ।
गलकोट– बागलुङका गर्भवती अहिले समयअगावै स्वास्थ्य संस्था पुग्ने गरेका छन्। स्वास्थ्य चौकीमा ‘प्रसूति प्रतीक्षा घर’को व्यवस्था गरिएपछि उनीहरू पहिले नै स्वास्थ्य संस्था पुग्न थालेका हुन्।
पालिका र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको साझेदारीमा वर्थिङ सेन्टर रहेका २२ स्वास्थ्य संस्थामा प्रसूति प्रतीक्षा घरको व्यवस्था गरिएको छ। जहाँ सुत्केरी र कुरुवालाई खाना खाने र बस्ने प्रबन्ध छ।
जैमिनी नगरपालिका–५ बिनामारेकी २२ वर्षीया यामुना नेपाली दुई महिनाअघि शिशुलाई जन्म दिन छिमेकी वडाको सर्कुवा स्वास्थ्य चौकी पुगिन्। सकुवा स्वास्थ्यचौकीमै सुत्केरी हुन उनलाई प्रसूति प्रतीक्षा घरले प्रेरित गरेको थियो। यसरी, सुत्केरी हुने समय आएपछि गर्भवती एक–दुई दिन पहिले नै स्वास्थ्य चौकी पुग्न थालेपछि सम्भावित खतराबाट समेत जोगिन थालेका छन्।
“दुई दिनअगावै सकुवा स्वास्थ्य चौकीमा आएर कुरुवासहित बसेँ, स्वास्थ्यमा सुधार आएपछि मात्रै घर फर्केँ,” नेपालीले भनिन्, “स्वास्थ्यकर्मीको निगरानीमा नवजात शिशुको उचित स्याहार भयो। हामीजस्ता व्यक्ति होटलमा बसेर सुत्केरी हुन समस्या हुन्थ्यो।पकाउने भाँडाकुँडा, ग्यास चुलो र कुरुवा सुत्ने ओछ्यानसहितको सेवा स्वास्थ्य संस्थामै हुँदा सहज भयो।”
यामुना मात्र होइन, अधिकांश गर्भवतीलाई खाने, बस्ने र कुरुवाको समस्याले सताउने गरेको थियो। तर, पछिल्लो समय बागलुङमा पकाएर खाने र बस्ने सुविधासहितको प्रसूति प्रतीक्षा घरले सहज भएको छ। खर्च र समयको बचत भएको छ। यसअघि यहाँका गर्भवती सुत्केरी हुनकै लागि कुश्मिसेरा तथा बागलुङ बजार पुग्ने गरेका थिए।
जिल्लामै सबैभन्दा बढी सुत्केरी हुने स्वास्थ्य संस्थाका रूपमा चिनिएको निसीखोला गाउँपालिका–३ स्थित बोहरागाउँ स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षा घर निर्माण गरिएको छ। भान्साघर र सुत्ने ठाउँसहितको प्रसूति प्रतीक्षा घरले गर्भवतीलाई खर्च र जोखिम दुवै कम गराएको स्वास्थ्य चौकीका प्रमुख कसिन्द्र शाहीले जानकारी दिए। बोहरागाउँ स्वास्थ्य चौकीमा गत वर्ष १४० गर्भवती सुरक्षित रूपमा सुत्केरी भएका थिए।
यस वर्ष साउनयता हालसम्म ५४ गर्भवती सुत्केरी भइसकेका छन्। सुत्केरी हुन स्वास्थ्य संस्थामा आउने गर्भवती होटलमा कुरुवासहित बस्नुपर्ने बाध्यता थियो। प्रसूति प्रतीक्षा घर निर्माणपछि उक्त समस्या हटेको छ।
निसीखोला गाउँपालिकाको तीन लाख र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको दुई लाख ५० हजार रुपैयाँ लागतमा प्रसूति प्रतीक्षा घर निर्माण गरिएको हो। “दुई गर्भवती र दुई कुरुवा बस्न मिल्ने कोठा निर्माण गरिएको छ। स्वास्थ्य संस्थामै बस्दा गर्भवती र सुत्केरी अवस्थामा आउन सक्ने आकस्मिक जोखिम घट्ने तथा स्वास्थ्यकर्मीको निगरानीमा बस्न पाउँदा सहज भएको छ,” शाहीले भने।
जिल्लामा ६८ वर्थिङ सेन्टर भए पनि आवश्यकता र प्राथमिकताका आधारमा स्थानीय सरकारले प्रसूति प्रतीक्षा घर बनाउँदै गएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
