माइबेनीलाई तराईका जिल्लाबाट भोजपुर प्रवेश मार्गका रूपमा विकास गर्ने हतुवागढी गाउँपालिकाको योजना छ।
भोजपुर– भोजपुरको सबैभन्दा होचो स्थानमा रहेको प्रसिद्ध धार्मिकस्थल माइबेनी ओझेलमा परेको छ। धार्मिक महत्त्व बोकेको यो पर्यटकीयस्थल प्रचारप्रसार अभावले ओझेलमा परेको हो।
दशक अघिसम्म यहाँ मेला लाग्ने गरेको भए पनि पछिल्लो समय मेला लाग्न छाडेको स्थानीय अशोक राईले बताए। यहाँ कात्तिक पूर्णिमा र माघे संक्रान्तिमा ठूलो मेला लाग्ने गरेको थियो। माइबेनीमा दर्शन गर्न तथा मेला भर्न भोजपुर, उदयपुर, धनकुटालगायत देशका विभिन्न ठाउँबाट भक्तजन आउँथे।
“यो पूर्वको एक प्रसिद्ध धार्मिकस्थल हो,” ७० वर्षीय राईले भने, “यहाँ दर्शन गर्नका लागि देशका विभिन्न ठाउँबाट आउने गर्थे। तर पछिल्लो समय यो स्थान ओझेलमा परेको छ।”
समुद्री सतहबाट १५३ मिटर उचाइमा रहेको यो स्थान हतुवागढी–९ हसनपुरमा पर्छ। दूधकोशी र अरुण नदीको संगमस्थलमा रहेको माइबेनीमा दर्शन गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।
माइबेनीको विकास तथा संरक्षणका लागि ध्यान दिने हतुवागढी गाउँपालिकाले जनाएको छ। यहाँ पुग्नका लागि कोप्चेबाट अप्ठ्यारो ठाउँमा पदमार्ग निर्माण तथा मन्दिरको संरक्षणसँगै घेराबारा गरिएको छ। माइबेनी क्षेत्रको बृहत्तर रूपमा विकास गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। यसलाई गाउँपालिकासँगै जिल्लाको मुख्य धार्मिकस्थल तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना छ।
माइबेनीबाट किरातीहरूको आस्थाको केन्द्र खुवालुङ, अरुण, दूधकोशी र तमोर नदीको संगमस्थल त्रिवेणी तथा बराहक्षेत्र नजिकै पर्छ। यो क्षेत्रलाई तराईका जिल्लाबाट भोजपुर प्रवेश मार्गका रूपमा विकास गर्ने पालिकाको योजना छ।
हिउँदको समयमा अरुण नदीमा जेटबोट चल्ने भएकाले यहाँसम्म पुग्न सहज भए पनि वर्षात्को समयमा भने आवतजावतमा समस्या छ।
यसको नजिकै दूधकोशीपारि उदयपुरको बेलका नगरपालिका–७ र अरुणपारि धनकुटाको सहिदभूमि–१ पर्छ। यो तीन जिल्लाको संगमस्थलका रूपमा रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
