लोहरपट्टी नगरपालिका–४ पिपराढीका ५० वर्षीय रामएकवाल पण्डितको रेलको बोगीभित्रै लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जनकपुर– महोत्तरीको विजलपुराबाट जनकपुर आउँदै गरेको रेलमा सवार एक यात्रुको मृत्यु भएको छ।
मृत्यु हुनेमा लोहरपट्टी नगरपालिका–४ पिपराढीका ५० वर्षीय रामएकवाल पण्डित छन्। रेलमा सवार पण्डितको जनकपुर आउने क्रममा मंगलबार बिहान रेलको बोगीभित्रै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए।
उनी बिहान ८ बजे लोहारपट्टीबाट रेलमा चढेका थिए। पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ।
रिपोर्ट आएपछि मृत्युको कारण प्रस्ट हुने धनुषा प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
