कोशीले दिएको १६७ रनको लक्ष्य पछ्याएको पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाउँदै १६९ रन बनायो।
काठमाडौँ– विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।
मंगलबार सम्पन्न खेलमा पुलिसले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो। कोशीले दिएको १६७ रनको लक्ष्य पछ्याएको पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाउँदै १६९ रन बनायो।
पुलिसका ओपनरद्वय कुशल भुर्तेल र सुनिल धमला स्कोर बोर्डमा ४६ रन हुँदा नै पेभिलियन फर्किएका थिए। कुशलले १२ र धमलाले १६ रन प्रहार गरेका थिए।
तर, तेस्रो नम्बरमा आएका अर्जुन साउद र पाँचौँमा आएका कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट खेल्दै पुलिसलाई जित दिलाए।
अर्जुनले अविजित रहँदै ६३ बलमा ५ चौका र २ छक्कासहित ६२ रन बनाए। यता, दीपेन्द्रले १७ बलमा ४ चौका र २ छक्कासहित ३८ रन बनाए। दिलीप नाथ भने ३१ रनमा क्याच आउट भए।
कोशीका कमल खत्रीले २ विकेट लिए। सोनु मण्डलको नाममा भने १ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कोशीले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै १६६ रन बनाएको थियो।
कोशीका सुजन थपलियाले शतकीय इनिङ्स खेले। उनले १२६ बलमा ६ चौका र ८ छक्काको मद्दतमा १०५ रन बनाए।
अभ्यास तिम्लसिनाले २३ रन बनाउँदा अन्य ब्याटरले कोशीलाई बलियो स्थितिमा पुर्याउन सकेनन्।
पुलिसका करण केसीले सर्वाधिक ३ विकेट लिए। ललितनारायण राजवंशी र सुनिल धमलाले २/२ विकेट लिँदा राशिद खान, सागर ढकाल र कुशल भुर्तेलको नाममा १/१ विकेट रह्यो।
पुलिसले २ खेलबाट ४ अंक जोडेको छ। पहिलो खेलमा पुलिसले बागमती प्रदेशलाई ६८ रनले पराजित गरेको थियो। समान अंक नै रहे पनि एपीएफ नेटरनरेटका आधारमा अगाडि रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
