प्रधानमन्त्री कपअन्तर्गत मंगलबार सम्पन्न तेस्रो खेलमा बागमतीले मधेश प्रदेशलाई ८६ रनले पराजित गरेको छ। बागमतीका सूर्य तामाङले ह्याट्रिकसहित सर्वाधिक ६ विकेट लिए।
काठमाडौँ– सूर्य तामाङको ह्याट्रिक विकेटप्रेरित बागमती प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित हासिल गरेको छ।
मंगलबार सम्पन्न तेस्रो खेलमा बागमतीले मधेश प्रदेशलाई ८६ रनले पराजित गरेको हो। बागमतीले दिएको १९१ रनको लक्ष्य पछ्याएको मधेश २९ ओभरमा सबै विकेट गुमाउँदै १०४ रनमा समेटियो।
मधेशका पवन सर्राफले सर्वाधिक ४५ रन बनाए। उनले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गरे। ओपनर मयाक यादव ३१ र नीरज यादव १५ रनमा आउट भए।
मधेशका ५ ब्याटरले रनको खाता खोल्न सकेनन्। कप्तान हरिशंकर शाह १, अरनिको यादव ३ र रूपेश सिंह २ रनमा आउट भए।
बागमतीका सूर्य तामाङले ह्याट्रिकसहित सर्वाधिक ६ विकेट लिए। उनले २९औँ ओभरको पहिलो बलमा रूपेश, दोस्रो बलमा राजेश यादव र तेस्रो बलमा सम्साद अन्सारीलाई आउट गराए।
प्रतिश जीसी र इशान पाण्डे २/२ विकेट लिए।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको बागमतीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो।
बागमतीका प्रतिश जीसीले सर्वाधिक ५९ रन बनाए। उनले ५५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। रविन जोशी २१, ओपनर इशान पाण्डे १५, विपिन आचार्य १३, कप्तान रित गौतम १२ र रिजन ढकाल ११ रनमा आउट भए।
मधेशका अरनिको यादव र रूपेश सिंहले २/२ विकेट लिए। राजेश यादव, रञ्जित कुमार, हरिशंकर शाह र पवन सर्राफले १/१ विकेट लिए।
जितसँगै बागमतीले ३ खेलमा २ अंक जोडेको छ। बागमती अंक तालिकाको छैटौँ स्थानमा छ। बागमती शुरूका दुई खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग ६८ र आर्मीसँग ८९ रनले पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
