सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, नुत्से, पुमरी, आमादब्लम, कोंगदेजस्ता चर्चित हिमालमा हिउँको मात्रा कम हुँदै गएको नाम्चेका लामाकाजी शेर्पाको अनुभव छ।
सोलुखुम्बु– समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमाल क्रमशः कालो बन्दै गएका छन्। समयमा हिमपात तथा वर्षात नहुँदा सधैँजसो चाँदीजस्तै टलक्क टल्कने सेता हिमाल कालापत्थरमा परिणत हुँदै गएका हुन्। बितेका वर्षमा मंसिर महिनामै हिमपात हुने गरेकामा यस वर्ष माघ लागिसक्दा समेत हिउँ पर्ने छाँटकाँट नरहेको स्थानीय सन्तोष मगरले बताए।
गत वर्ष पनि ढिला गरी हिमपात भएको थियो भने यस वर्ष पनि माघ लाग्दासमेत हिउँ नपरेपछि उनी चिन्तित छन्। “हिउँ नपर्दा हिमाल कालो हुन थालेको छ भने बालीनाली पनि सुक्न थालेका छन्,” मगरले भने, “यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे।”
सदरमुकाम सल्लेरीबाट आँखै अघि देखिने नुम्बुर हिमाल यस वर्ष खासै चहकिलो देखिएको छैन। सधैँजसो हिउँले पूरै भरिने नुम्बुर हिमालमा अहिले पहाडका कालो भाग देखिन थालेको सल्लेरीका एक वृद्ध जाङ्बु शेर्पाले बताए।
“हिउँ नपर्दा हिमाल हिमालजस्तो रहेन, डाँडाकाँडा पूरै सुक्खा हुँदै गएर विरक्त लाग्दा देखिएको छ, खै के भएर यस्तो भएको हो, समय फेरिएर हो कि के भएको हो, अचम्म लाग्दो भएको छ,” उनले भने।
सामान्यतया चिसो मौसममा हिमपात हुन्छ। पुसको शुरूआत नै यहाँका लागि हिमपातको मुख्य याम हो तर यस वर्ष तल्लो क्षेत्र मात्र नभई उच्च हिमाली क्षेत्र खुम्बुमा समेत अहिलेसम्म हिमपात भएको हुन सकेको छैन। हिमपात हुने समयमा हिउँ नपर्दा खुम्बुका स्थानीयले समेत अनौठो मानेका छन्।
सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, नुत्से, पुमरी, आमादब्लम, कोङ्गदेजस्ता चर्चित हिमालमा हिउँको मात्रा कम हुँदै गएको नाम्चेका लामाकाजी शेर्पाको अनुभव छ। “करिब दुई वर्षअघि पुसको शुरूआतमै दुई फिटसम्म हिमपात भएपछि गाउँदेखि आन्तरिक पर्यटक हिउँमा रमाएका थिए तर गत वर्ष पनि ढिला गरी हिमपात भयो, यस वर्ष पनि माघ लागिसक्दा हिउँ पर्न सकेको छैन”, शेर्पाले सम्झँदै भने।
मौसममा हिउँ नपर्नु, पानी नपर्नु जलवायु परिवर्तनको मुख्य असर भएको स्थानीयले समेत महसुस गरेका छन्। वनजंगलको तीव्र फडानी, हानिकारक ग्यासको उत्सर्जनलगायत कारण जलवायुमा परेको असरले वातावरणमा असर पर्न थालेको वातावरणविद् राजन थापाले बताए।
“मानव सिर्जित समस्या प्राकृतिक स्रोतको अत्यधिक दोहन, ऊर्जाको अत्यधिक प्रयोग, बढ्दो औद्योगिकीकरणका साथै डढेलो, भूकम्प, ज्वालामुखीजस्ता प्राकृतिक प्रकोपलगायत कारण भइरहेको जलवायु परिवर्तनले मानवजीवनका हरेक क्षेत्रमा नकारात्मक असर पुर्याइरहेको छ,” उनले भने।
समयमा हिमपात तथा वर्षात नहुँदा हिमाली क्षेत्रमा हरियाली कम देखिन थालेको छ भने हिम नदीले बहने धारसमेत परिवर्तन गर्दै गएको खुम्बुका पेम्बा शेर्पाको अनुभव छ।
किसानलाई चिन्ता
समयमा हिमपात तथा वर्षात नहुँदा सोलुखुम्बुका किसान चिन्तित बनेका छन्। हिउँदयाममा परेको हिउँले बाली सप्रने भए पनि माघ लाग्दा हिउँ नपर्दा किसान चिन्तित भएका हुन्। गएका वर्षमा मंसिर, पुसमै हिमपात हुने गरेकामा यस वर्ष माघ लाग्दा हिउँ परेको छैन। हिउँ नपर्दा बालीनाली पनि सुक्न थालेको गार्माका पृथ्वीबहादुर भुजेलको चिन्ता छ।
“यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे। यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा भएका छन्,” उनले भने। हिमपात नहुँदा आलु, उवा, गहुँजस्ता बाली बारीमै सुक्न थालेको लिखुपिकेका किसान कामीछिरी शेर्पाको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
