मोदीवेणी नृसिंहधाम व्यवस्थापन समितिका अध्यक्ष केशवदास वैरागीले प्लास्टिकसम्बन्धी फोहोर बढी रहेकाले समस्या भएको बताए।
पर्वत– कालीगण्डकी नदी किनारका घाट दुर्गन्धित बन्दै गएका छन्। शव दाहस्थल र गंगास्थलका रूपमा रहेका यहाँका घाटमा फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै गएका हुन्।
पर्वतको सदरमुकाम कुश्माबजार नजिकैका कालीगण्डकी र मोदीखोलाको संगमस्थल प्रसिद्ध मोदीबेनी घाट, फलेवास नगरपालिका–६ मा रहेको जैमिनी घाट, गुल्मी र पर्वतको सङ्गमा रहेको पूर्तिघाट तथा विश्वकै ठूलो शालग्राम शिला रहेको सेतीवेणीलगायतका घाटमा फोहोर थुप्रिन थालेको छ।
मोदीवेणी नृसिंहधाम व्यवस्थापन समितिका अध्यक्ष केशवदास वैरागीले प्लास्टिकसम्बन्धी फोहोर बढी रहेकाले समस्या भएको बताए। साथै, कतिपय जातिमा शव नजलाउने र ढुंगाले पुरेर छाड्ने प्रचलनले पनि दुर्गन्ध फैलिएको उनको भनाइ छ। त्यस्ता शवका कारण गर्मी मौसममा अत्यधिक दुर्गन्ध फैलिने गरेको उनले बताए। “केही शव बेवारिसे अवस्थामा पनि घाटमा भेटिन्छन्,” उनले भने, “मलामी र भक्तजनहरूले सामग्री जथाभाबी फ्याँक्दा नदी किनार फोहोरले भरिन थालेको छ।”
मोदीवेणी घाटमा दैनिक पाँच वटासम्म शव जलाइन्छ। घाट दुर्गन्धित हुन थालेपछि पछिल्लो समय घाट सरसफाइका लागि पहल शुरू भएको अध्यक्ष वैरागीले बताए। फोहर अत्यधिक भएपछि घाट व्यवस्थापन समितिले निश्चित शुल्क लिएर सरसफाइका लागि कर्मचारी नियुक्ति गर्ने तयारी गरेको उनको भनाइ छ।
फलेवास वडा नं ६ र बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरास्थित जैमिनीघाट, पूर्तिघाट र सेतीवेणीमा पनि फोहोरको अवस्था उस्तै छ। व्यवस्थापन समितिको उदासीनताले पनि धार्मिकस्थल र घाटमा फोहोर बढ्दै गएको माघे सङ्क्रान्तिमा स्नानका लागि सेतीवेणीधाम पुग्नुभएका पैँयू गाउँपालिका–५ का वडाध्यक्ष नारायण भुर्तेलको भनाइ छ।
सेतीवेणीमा नयाँ व्यवस्थापन समिति गठन हुन ढिलाइ भएकाले समस्या देखिएको विहादी गाउँपालिका–६ शालिग्रामका वडाध्यक्ष मनबहादुर बस्यालको दाबी छ। उनले अब केही दिनमा नयाँ व्यवस्थापन समिति बनेपछि फोहर व्यवस्थापनको कामसमेत गरिने बताए। चालु आर्थिक वर्षमा गण्डकी प्रदेशबाट शिला संरक्षणका लागि पाँच लाख रुपैयाँ विनियोजन भएको भन्दै व्यवस्थापन र निर्माण समिति तत्काल गठन गरेर काम थाल्ने उनको भनाइ छ।
त्यसैगरी मोदीवेणी वृद्धाश्रममा ३० वर्षदेखि बस्दै आएकी सावित्री शर्माले आफूहरूले पटक–पटक शवको उचित व्यवस्थापन गर्न आग्रह गर्दा पनि अटेर भइरहेको बताए। कालीगण्डकी नदीको पर्वत खण्डमा पर्ने गोपाङ्घाट, नयाँ पुल, अर्मादी, मालढुंगा, खनियाघाट, मिलनचोक र वारीबेनीमा रहेको घाटमा पनि दाहसंस्कार गरिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
