यस्तो रहनेछ बुधबारको मौसम

दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो, कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ।  यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुने सम्भावना छ।

यसैगरी, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा राति पनि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेछ।

साथै, चिसोबाट बच्न आवश्यक सतर्कता तथा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।