बागलुङ पञ्चेबाजाका लागि प्रख्यात मानिन्छ। तर, पछिल्लो समय युवापिँढीले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ।
ढोरपाटन– बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित त्रिभुवन माविका विद्यार्थी पञ्चेबाजाका संरक्षणमा जुटेका छन्।
उनीहरू अध्ययनसँगै बाजा बजाउने कला पनि सिक्ने गर्छन्। विद्यालयले हालै आफ्नो ७४औँ वार्षिकोत्सव मनाउँदा बालबालिकाले पञ्चेबाजा बजाएका थिए। शिक्षक थमबहादुर परियारले विद्यार्थीलाई बाजा बजाउन सिक्नका लागि प्रेरित गरेका हुन्। उनले बिदाको समयमा पनि सिकाउने गरेका छन्।
कक्षा ९ का विराज परियार सनाई, कक्षा २ का विहान परियार ढोलक, कक्षा ५ का आयुस परियार र कक्षा ७ का पृथ्वी परियारले ट्याप्पो बजाउँछन्। कक्षा १० की रेश्नुका परियार झ्याली तथा कक्षा ४ का दिप्सन परियार र कक्षा ६ का सक्षम परियारले कर्नाल बजाउँछन्। यसैगरी, कक्षा ३ का आयन परियार र कक्षा ४ का विहान परियार (ख)ले दमाहा बजाउन सिकेका छन्। विद्यार्थीले बजाउन थालेपछि पञ्चेबाजा संरक्षण हुने आशा जागेको शिक्षक परियारको भनाइ छ।
“पहिले गाउँमा बाजा बजाउने टोली धेरै थिए। अहिले युवाले बजाउन लाज मान्छन्। बुढापाकाले नसक्ने भएपछि बाजा बजाउने चलन हराउँछ कि भन्ने डर थियो,” उनले भने, “हाम्रा नानीबाबुले धेरै रुचि राखेर बजाउन थालेका छन्।” आफूले सकेसम्म राम्रोसँग सिकाउने प्रयास गरेको उनले सुनाए।
पञ्चेबाजा बजाउने एक टोलीमा १० जना हुन्छन्। बाजा बजाउने परम्परागत चलन भएको हुँदा आफूहरूले सिकेको रेश्नु परियारले बताइन्। सानैदेखि वरपरका साथीसँग मिलेर बजाएको सुनाउँदै अहिले घरमा राखेका बाजा लिएर विद्यालयको कार्यक्रममा बजाउने गरेको उनको भनाइ छ। सीप र ताल मिले जसले पनि बाजा बजाउन हुने उनले बताए। अहिले अरू विद्यार्थीले पनि धेरै रुचि राखेका छन्।
“बाजा बजाउन गाह्रो छैन। सजिलो छ। गाउँघरमा बाजा बजाउने हुँदा हामीले पनि त्यही देखेर सिकेको हो,” उनले भनिन्, “हामी स्कूलमा पढ्ने साथी मिलेर बजाउने गरेका छौँ। सरहरूले पनि हौसला दिनुभएको छ।”
विद्यालयमा बाजा बजाउने ६ देखि १५ वर्ष उमेरका विद्यार्थी छन्। प्रधानाध्यापक तिलक आचार्यले विद्यार्थीलाई बाजा बजाउन प्रेरित गर्नका लागि पञ्चेबाजा संकलन अभियान शुरू गरेको जानकारी दिए। विद्यार्थीलाई किताबी ज्ञानसँगै अन्य क्षमतालाई प्रस्फुटन गर्ने वातावरण तयार गरेको उनको भनाइ छ।
“बाजाको अभाव छ। बाजा संकलन कोष स्थापना गर्नका लागि आर्थिक संकलन अभियान चलाएका छौँ,” प्रधानाध्यापक आचार्यले भने, “बाजा बजाउने उनीहरूको प्रतिभा हो। विद्यार्थीले भविष्यमा यसैबाट जीविकोपार्जन गर्न सक्छन्।”
बागलुङ पञ्चेबाजाका लागि प्रख्यात मानिन्छ। तर, पछिल्लो समय युवापिँढीले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ। मेला, महोत्सव, विवाह, व्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा अचेल कमै मात्रामा बज्ने गर्छन्। बाजाका सट्टा ठूला–ठूला साउन्ड सिस्टममा रेकर्डेड गीत बजाउने गरिएको छ।
कहीँ बाजा बजाउने जनशक्ति छैनन्, कहीँ भएर पनि बजाउन चासो दिँदैनन्। यसकारण मौलिक पञ्चेबाजा संरक्षणमा चुनौती बढेको आचार्यले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
