सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम प्रशोधन गरेर मेलम्चीको खानेपानी प्रसारण गरिएको मन्त्रालयले जनाएको छ।
काठमाडौँ– खानेपानी मन्त्रालयले मेलम्चीको खानेपानी सफा रहेको भन्दै हल्लाका पछि नलाग्न आग्रह गरेको छ।
मापदण्डबमोजिम प्रशोधन गरी पानी पठाइएको मन्त्रालयले जनाएको छ।
“मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम प्रशोधन गरी प्रसारण गरिएको छ,” मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै अपिल गरेको छ, “पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने भए पनि फ्लसिङसँगै क्रमशः सफा पानी प्रवाह हुन्छ।”
मेलम्ची खानेपानी सर्वसुलभ रूपमा सबै उपत्यकावासीको घर–घरमा सन्तुलित र समानुपातिक हिसाबले वितरण गर्न प्रयत्नशील रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ।
यसैबीच, मेलम्ची खानेपानीको नयाँ पाइप लाइन परीक्षण सम्पन्न भएका स्थानमा नयाँ वितरण सञ्जालबाट र परीक्षण नभएका स्थानमा पुरानै वितरण सञ्जालबाट वितरण भइरहेको मन्त्रालयले जनाएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
