चितवन राष्ट्रिय निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको संख्यासमेत घट्दै गएकाले पक्षी संरक्षणका क्षेत्रमा चुनौती बढ्दै गएको छ।
मध्यबिन्दु– जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन्।
चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले गत वर्षभन्दा दुई प्रजाति कम भेटिएको बताए। “गत वर्ष ४३ प्रजातिका चरा भेटिएका थिए। यसपालिको गणनामा नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिए,” उनले भने, “समग्रमा घटेको पायौँ। प्रत्येक वर्ष नेपालमा चराको संख्या घटिरहेको छ।”
पक्षी गणनाका क्रममा गत वर्ष देखिएका आठ प्रजातिका चरा यस वर्ष नदेखिएको र गत वर्ष नदेखिएको ६ प्रजातिको चरा यस वर्ष देखिएको उनको भनाइ छ। “सिउरे डुबुल्की चरा, कलहाँस, ध्वाँसे सिङ कुखुरो, सिङ कुखुरो, हलीमुखे, जुरे हुटिट्याउँ, काली जुरेहाँस, स्वेत माछा यस वर्ष भेटिएनन्,” उनले भने, “गत वर्ष फेला नपरेका सिन्दुरे हाँस, कैलो टाउके हाँस, अलक चन्द्रराज पुत्रिका, वन सुड सुडिया, ठूलो जलरंग र नारायणी नदीमा नै पहिलोपटक बैकाल गैरी यस वर्ष भेटिएको छ।”
नेपालको जल क्षेत्रमा १६२ प्रजातिका चरा पाइने गरेका छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व)तर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो। सिघ्रौली गोलाघाट हुँदै अमलटारी, सिघ्रौलीबाट पिठौली, पिठौलीबाट अमलटारी र अमलटारीबाट त्रिवेणी गण्डक ब्यारेजसम्म गरी चार समूहमा चरा गणना गरिएको हो। यो समय मंगोलिया, बर्मा, साइबेरिया, चीन, रुस, थाइल्यान्ड, कोरियालगायत देशबाट यहाँ चरा आउने गरेका छन्। त्यसैले प्रत्येक वर्ष नारायणी नदीमा चरा गणना गर्ने गरिएको छ।
साइबेरियालगायत उत्तरी गोलार्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये सबैभन्दा धेरै खोया हाँस देखिने गरेकामा यस वर्ष त्यसमा उल्लेख्य कमी आएको चौधरीले जानकारी दिए। “यस वर्ष खोया हाँसको संख्या विगतभन्दा ५० प्रतिशतले घटेको पाएका छौँ,” उनले भने, “यो क्षेत्र खोया हाँसको प्रमुख वासस्थान थियो।”
नदीमा पाइने आहारा घटेकाले चरा कम आउन थालेको र बासस्थान परिवर्तन गर्न थालेको चौधरीको भनाइ छ। यस क्षेत्रमा चखेवा, जलेवा र पानी गौँथली चरा धेरै पाइने गरेका छन्। निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको संख्यामा पनि यस वर्ष कमी देखिएकाले पक्षी संरक्षणका क्षेत्रमा चुनौती बढ्दै गएको चौधरीले बताए।
बैकाल गैरी चरा भेटियो
यस वर्षको चरा गणनाका क्रममा विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा नारायणी नदीमा फेला परेको छ। हाँस प्रजातिको यो चरालाई प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आईयूसीएन) लेसमेत खतरामा परेका प्रजातिको रातो सूचीमा राखेको छ।
“नेपालमा बैकल गैरी चरा ठूला नदी र तालमा रेकर्ड गरिएको भए पनि नारायणी नदी क्षेत्रमा भने पहिलोपटक देखिएको हो,” चौधरीले भने, “उत्तरबाट दक्षिणतर्फ जाने क्रममा आहारा र विश्रामका लागि नारायणी नदीमा आएका हुन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
