फ्लुजस्ता लक्षण देखिएका व्यक्तिको लगभग ३५ प्रतिशत नमुनामा संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ। अघिल्लो हप्ता यो दर १३ प्रतिशत थियो।
युरोपमा श्वासप्रश्वाससम्बन्धी रोगका घटना बढेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ।
डब्ल्यूएचओका यूरोप क्षेत्रीय निर्देशक हान्स हेनरी पी क्लुजले इन्फ्लुएन्जाको संक्रमण र अस्पताल भर्ना हुनेको संख्यामा वृद्धि भएको बताए।
कोपनहेगनमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “आगामी हप्तामा सम्भावित वृद्धिको सामनाका लागि तयारी गर्न अस्पताल तथा स्वास्थ्य केन्द्रसहित सम्बद्ध संघ संस्थालाई आग्रह गर्छु।”
नेसनल इन्स्टिच्युट फर पब्लिक हेल्थ एन्ड द इन्भाइरोमेन्ट (आरआईभीएम) का अनुसार नेदरल्यान्ड्सले श्वासप्रश्वाससम्बन्धी संक्रमण रोक्न योजना बनाएको छ।
दुई हप्ताअघि प्रतिलाख २७ जनाले चिसोजन्य संक्रमणको गुनासो लिई चिकित्सकीय सेवाका लागि अस्पताल वा स्वास्थ्य केन्द्रमा अनुरोध गरेकोमा गतहप्ता प्रतिलाखमध्ये ४४ मा यो समस्या देखिएको रिपोर्टमा उल्लेख छ।
आरआईभीएमका अनुसार हालैको तथ्यांकले इन्फ्लुएन्जा भाइरसको घटनामा पनि वृद्धि भएको देखाएको छ। तथ्यांकमा फ्लुजस्ता लक्षण देखिएका व्यक्तिको लगभग ३५ प्रतिशत नमुनामा संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो। अघिल्लो हप्ता यो दर १३ प्रतिशत थियो।
इटालीका स्वास्थ्यकर्मीले १५ वर्षयताकै खराब फ्लु लहरका कारण अस्पताल चर्को दबाबमा रहेको बताएका छन्। इटालीयन फेडेरेसन अफ हेल्थ अथोरिटीज एन्ड हस्पिटल्स (एफआईएएसओ) का अनुसार गत साता आपत्कालीन कक्षमा भर्ना हुनेको संख्या २० देखि ३० प्रतिशतले बढेको छ।
नयाँ वर्षको शुरूआतदेखि नै कोभिड–१९ र फ्लुको संक्रमण तीव्र रूपमा बढेपछि स्पेन सरकारले जनवरी १० देखि अस्पताल र स्वास्थ्य केन्द्रमा मास्कको अनिवार्य प्रयोगलाई पुनः लागु गरेको छ। स्पेनमा श्वासप्रश्वाससम्बन्धी रोगमा तीव्र वृद्धि भएको छ। स्थानीयमा संक्रमण दर प्रतिलाख ९५२ भन्दा बढी पुगेको छ। स्वास्थ्यमन्त्री मोनिका गार्सियाले चिसोजन्य संक्रमण अत्यधिक भएको बताएकी छन्।
मंगलबार कोपनहेगनमा आयोजित पत्रकार सम्मेलनमा क्लुजले जोखिममा रहेको जनसंख्यालाई कोभिड–१९ र इन्फ्लुएन्जाको खोपमा अद्यावधिक राख्नुपर्ने बताएका थिए। सन् २०२० डिसेम्बरमा कोभिड–१९ विरुद्धको खोप सार्वजनिक भएयताको महत्त्वपूर्ण सफलता मिलेको बताए। डब्ल्यूएचओको अध्ययनअनुसार ६० वर्षमाथिका व्यक्तिका लागि यो खोप प्रभावकारी देखिएको छ। खोपले ९० प्रतिशतभन्दा बढी ज्यान बचाएको छ। सन् २०२० डिसेम्बरमा खोप प्रयोग शुरू भएयता डब्ल्यूएचओको यूरोपेली क्षेत्रमा कोभिड–१९ का कारण हुने मृत्युमा ५७ प्रतिशतले कमी आएको छ। पहिलो बुस्टर डोजले मात्र अनुमानित सात लाख मानिसको ज्यान जोगाएको छ।
यद्यपि, क्लुजले कोभिड–१९ जेएन–१ संस्करणको तीव्र फैलावटप्रति चिन्ता व्यक्त गरे। “गम्भीरता बढेको संकेत गर्ने प्रमाणको अभावका बाबजुद, जेएन–१ संस्करणको अनिश्चितताको लागि निरन्तर निगरानीको आवश्यकता छ।
“हाम्रो क्षेत्रका १३ देशले गत साता श्वासप्रश्वाससम्बन्धी भाइरससम्बन्धी कुनै तथ्यांक सार्वजनिक गरेका थिएनन्। उत्परिवर्तन होस् वा नयाँ भाइरस, श्वासप्रश्वाससम्बन्धी अप्रत्याशित जीवाणुको नियन्त्रणका लागि निगरानी हाम्रो पहिलो प्रतिरक्षा प्रणाली हो,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
