अभिभावक भेला र विद्यालय व्यवस्थापन समितिको बैठकबाट छनौट भएका उत्कृष्ट चार शिक्षकलाई नगदसहित टीकामाया स्मृति दिवसका अवसरमा बुधबार पुरस्कृत गरिएको छ।
म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माविमा अभिभावक र विद्यार्थीले उत्कृष्ट शिक्षक छनौट गरेका छन्।
भेला र विद्यालय व्यवस्थापन समितिको बैठकबाट छनौट भएका उत्कृष्ट चार शिक्षकलाई नगदसहित टीकामाया स्मृति दिवसका अवसरमा बुधबार पुरस्कृत गरिएको हो।
यस वर्ष मनिराम थनेत, उमादेवी कँडेल, भीमप्रसाद पौडेल र कुलराज आचार्यलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारस्वरूप क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कृत गरिएको थियो।
शिक्षकलाई सृर्जनशील बनाउन कोषले गत वर्षदेखि अभिभावक र विद्यार्थीबाट उत्कृष्ट शिक्षक छानेर पुरस्कृत गर्दै आएको विद्यालयका प्रअ शेरबहादुर केसीले बताए। “कोषले घरदैलो, अभिभावक र विद्यार्थीको भेलाबाट उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्न थालेपछि शिक्षक सृजनशील बन्नुभएको छ,” उनले भने, “कोषबाट तह र विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ।”
उत्कृष्ट छनौट भएका शिक्षकले यस वर्ष विद्यालयमा बगैँचा स्थापना, भित्तेपत्रिका प्रकाशन, अतिरिक्त क्रियाकलाप र खेलकुदमा योगदान गरेको कोषका संस्थापक गुरुङले बताए। गत वर्षको परीक्षामा उत्कृष्ट जीपीएका आधारमा कक्षा १ देखि ५ तर्फबाट कक्षा २ का सायु घर्ती, ६ देखि ८ तर्फबाट कक्षा ८ का अन्जान घर्ती र कक्षा १० की सन्ध्या सुनारलाई जनही पाँच हजार नगदसहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको प्रअ केसीले जानकारी दिए।
हेम मावि कक्षा ११ मा भर्ना हुने विद्यार्थीमध्ये उत्कृष्ट जिपीएका आधारमा छात्रातर्फ सुस्मिता थापा र छात्रतर्फ भेजिन्द्र सुनारलाई नगद १० हजार ५०० सहित प्रमाणपत्र प्रदान गरिएको छ। हाल अमेरिकामा होटल व्यवसाय गर्नुहुने गुरुङले दिवंगत आमा टीकामायाको स्मृतिमा गत वर्ष दुई लाख ५० हजारको अक्षयकोष स्थापना गरेका थिए।
यस वर्ष पाँच लाख पुगेको अक्षयकोषको मूलधन बढाएर १० लाख पुर्याउने लक्ष्य रहेको गुरुङले बताए। कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा हाल ३०६ जना विद्यार्थी छन्। घर टाढा र पारिवारिक समस्या भएका ३० विद्यार्थीलाई निःशुल्क छात्रावासको सुविधा दिइएको छ। विद्यालयमा १९ जना शिक्षक कार्यरत छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
