जितसँगै बागमती चौथो स्थानमा उक्लिएको छ। ४ खेलबाट बागमतीको ४ अंक रहेको छ। २ खेल खेलेको आर्मी भने पाँचौँ स्थानमा झरेको छ।
काठमाडाैँ– सूर्य तामाङको उत्कृष्ट बलिङप्रेरित बागमती प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ। बुधबार सम्पन्न खेलमा बागमतीले आर्मीलाई ३ विकेटले पराजित गरेको हो।
आर्मीले दिएको ९८ रनको लक्ष्य पछ्याएको बागमतीले २२.१ ओभरमा ७ विकेट गुमाउँदै १०३ रन बनायो। बागमतीका अशोक पौडेल र प्रतिश जीसीले २१/२१ रन बनाए। प्रतिश भने अविजित रहे। इशान पाण्डे र रविन जोशीले १२/१२ रन बनाउँदा विपिन आचर्याले १० रन बनाए।
आर्मीका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। शाहब आलम र जितेन्द्र मुखियाले २/२ विकेट लिए। त्यसअघि मूलपानी क्रिकेट मेदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले २७.१ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको थियो।
आर्मीका कप्तान बिनोद भण्डारीले सर्वाधिक २८ रन बनाए। भीम सार्की १८ रनमा आउट हुँदा विवेक यादव ११ रनमा अविजित रहे। आर्मीका अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
बागमतीका सूर्य तामाङले सर्वाधिक ५ विकेट लिए। उनले ९ ओभर बलिङ गर्दै २ मेडनसहिन २६ रन खर्चिए। प्रतिश जीसी र रिजन ढकालको नाममा २र२ विकेट रह्यो। क्रिजन गुरुङले भने १ विकेट लिए।
जितसँगै बागमती चौथो स्थानमा उक्लिएको छ। ४ खेलबाट बागमतीको ४ अंक रहेको छ। २ खेल खेलेको आर्मी भने पाँचौँ स्थानमा झरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
