नेप्से परिसूचकमा १२.१० अंकको गिरावट

तीव्र उतारचढावका बीच बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ।

काठमाडौँ– तीव्र उतारचढावका बीच बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक १२.१० अंकले घटेर २ हजार १६३.६ विन्दुमा कायम भएको छ।

आज ३०० कम्पनीको तीन करोड ३५ लाख २५ हजार ७०२ कित्ता शेयर २ लाख १० हजार ४७१ पटक खरिदबिक्री हुँदा ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८६८ बराबरको कारोबार भएको छ। बैंकिङ समूह ०.४०, विकाश बैंक ०.१९, लघुवित्त ०.२८ र अन्य समूह १.९४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै वित्त समूह ३.५१ र जलविद्युत् समूह २.८० प्रतिशतले घटेको छ।

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल वेयर हाउसिङ लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने इस्टर्न हाइड्रोपावर लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ६५ करोड ८४ लाख ९० हजार २८५ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै एनआईबीएल ग्रोथ फन्डको १५ लाख २७ हजार ९५० कित्ता शेयर कारोबार भएको छ।