पर्यटनमन्त्री सुदन किरातीले पर्यटन प्रवर्द्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान शुरू गरेको बताएका छन्।
काठमाडाैँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन प्रवर्द्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान शुरू गरेको बताएका छन्।
बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ६० वटा भन्दा बढी पुराना गाउँको खोजीकार्य अघि बढाएको बताए। पुराना गाउँ नयाँ पर्यटन गन्तव्य बन्ने उनको भनाइ छ।
उनले सांस्कृतिक गाउँ निर्माण, नयाँ सम्पदा निर्माण अघि बढाउन कार्यविधिको ड्राफ्ट नै तयार पारिसकेको दाबी गरे। आफूले मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएपछि उच्चस्तरीय कार्यक्रमतिर प्रवेश गर्ने बताए। पर्यटन ऐन, संस्कृति ऐन लगायतका थुप्रै नीति निर्माण गर्नुपर्ने भएकाले मन्त्रालयले अहिले ऐन निर्माणका लागि आवश्यक काम गरिरहेको उनले बताए।
"हामीले कार्यक्रममै नभएको आज भन्दा ३५ सय वर्षअघिका बस्तीहरू कस्ता थिए? त्यो सबैभन्दा पुरानो बस्ती लुम्बिनीमा थियो भन्ने कुरा प्रमाणित भइसकेको छ। हामीले सम्पदा गाउँ निर्माणका कुरा अघि बढाएका छौँ। पुरानो गाउँ खोजी, नयाँ पर्यटन गन्तव्य होस् भनेर ६० वटा भन्दा बढी पुराना गाउँको खोजी कार्य अघि बढाएका छाैँ," उनले भने, "सांस्कृतिक गाउँ निर्माण, नयाँ सम्पदा निर्माण अघि बढाउने भनेर कार्यविधिको ड्राफ्ट नै तयार पारिसकेका छौँ। पर्यटन दशकलाई अझ तीव्र बनाउनको निम्ति कार्यान्वयन गर्न कार्यक्रम तयारी गर्दैछौँ। त्यसपछि हामी उच्चस्तरीय काममा लाग्नेछौँ। पर्यटन ऐन, हाम्रो संस्कृति ऐन लगायतका थुप्रै नीति निर्माण गर्नुछ।"
मन्त्री किरातीले ठूलो पर्यटन क्षेत्रमा फड्को मार्नसक्ने नयाँ नीति, नयाँ योजना र नयाँ कार्यक्रमसहित अब मन्त्रालय अघि बढ्ने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
