नेकपा एमालेका नेता कार्यकर्ताले पुनः मतदानको माग गरेपछि मतगणना रोकिएको छ।
स्याङ्जा : स्याङ्जा क्षेत्र नं २ मा अहिलेसम्म मतगणना शुरु हुन सकेको छैन। नेकपा (एमाले) लगायतका दलले नेपाली कांग्रेसले चापाकोट नगरपालिकाका चार बुथमा धाँधली गरेको आरोप लगाउँदै पुनः मतदानको माग गरेपछि मतगणना हुन नसकेको हो।
चापाकोट नगरपालिकाको वडा नं ३, ४ र ५ का दिसिङकोट आधारभूत विद्यालय कमिरे, राममन्दिर माध्यमिक विद्यालय दार्सिङ, दिनदयालु आधारभूत विद्यालय र जनसक्रिय आधारभूत विद्यालय चिदीपोखरी मतदान केन्द्रमा कांग्रेसले बुथ कब्जा गरी एकलौटी मतदान गरेको आरोप एमालेको छ।
बुथ कब्जा गरी मतदान भएका मतदानस्थलमा पुनः मतदान नहुँदासम्म मतगणना कार्यमा सहभागी नहुने दाबी गर्दै एमाले निकट नेता कार्यकर्ताले अहिले वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा विरोध प्रदर्शन गरिरहेका छन्।
सोमबार नै एमालेलगायत अन्य दल तथा स्वतन्त्र उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गरी पुनः मतदान गर्नुपर्ने माग गरेका थिए। स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र नेकपा (एमाले)की केन्द्रीय सचिव पद्माकुमारी अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। स्याङ्जा क्षेत्र नं १ मा अहिले मतगणना जारी रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
