उनले सानेपा र झम्सिखेलका विभिन्न ४ ठाउँबाट मात्रै ३७ लाख रुपैयाँ बराबरको धनमाल चोरेको प्रहरीले जनाएको छ।
काठमाडाैँ– शृंखलावद्ध चोरी कार्यमा संलग्नलाई ललितपुर प्रहरीले सार्वजनिक गरेको छ।
बुधबार ललतिपुरका विभिन्न स्थानहरूमा राति घरमा कोही नभएको मौका छोपी श्रृंखलावद्ध रूपमा चोरी गर्ने ४० वर्षीय दोलखाको सैलुङ गाउँपालिका-४ स्थायी घर भएका रघुनाथ बस्नेतलाई सार्वजनिक गरेको हो। चोरी कार्यमा संलग्न उनलाई प्रहरीले भक्तपुर थिमी नगरपालिका-९ निकोसेराबाट पक्राउ गरेको बताएको हो।
पत्रकार सम्मेलनमा बोल्दै ललतिपुर प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले सानेपा र झम्सिखेलका विभिन्न ४ ठाउँमा चोरी गरेको फेला परेको बताए। उनले सानेपा र झम्सिखेलका विभिन्न ४ ठाउँबाट सुनको गरगहना करिब २७ तोला र चाँदी गरेर अन्दाजी ३७ लाख १६ हजार ९२५ रुपैयाँ बराबरको नगद र धनमाल चोरी गरेको र सानेपाबाट २४ लाख ७६ हजार रुपैयाँ बराबरको धनमाल, सानेपामै विदेशी नागरिकको कोठाबाट चोरी गरेको एसएसपी खनालले बताए।
उनका अनुसार बस्नेतले यसअघि नै १२ वटा मुद्दामा कारबाही भोगिसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
