पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जसका कारण कोशी र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। तराईको अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ।
दिउँसो, कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ।
यसैगरी, राति कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुने सम्भावना छ।
देशभर चिसो बढेकाले आवश्यक सतर्कता तथा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
