अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेको बनेपा नगरपालिका– ९ का वडाध्यक्ष नृपेश वादेलाई १५ लाख रुपैयाँ घुससहित भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको छ।
काठमाडौँ– काभ्रेको बनेपा नगरपालिका– ९ का वडाध्यक्ष नृपेश वादे १५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति भक्तपुरको गठ्ठाघरबाट वादेलाई पक्राउ गरेको हो।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार वडाध्यक्ष वादेले घरबाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीबाट १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो।
साथै, स्रोत नखुलेको १० हजार जापानीज ऐन, १०० अमेरिकी डलर, हुन्डाई आई टेन कार र कार चालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
