भारतले कप्तान रोहित शर्मा र रिंकु सिंहको उत्कृष्ट इनिङ्समा अफगानिस्तानलाई २१३ रनको विशाल लक्ष्य दिएको थियो। अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।
काठमाडौँ– तेस्रो टी२० क्रिकेटमा भारतले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हराएको छ।
बुधबार राति भएको खेलमा भारतले कप्तान रोहित शर्मा र रिंकु सिंहको उत्कृष्ट इनिङ्समा अफगानिस्तानलाई २१३ रनको विशाल लक्ष्य दिएको थियो।
बेंगलोरस्थित चिन्नास्वामी स्टेडियममा जवाफी ब्याटिङका उत्रिएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।
अफगानिस्तानले दोस्रो सुपर ओभरमा १२ रनको लक्ष्य पाएको थियो। रवि विश्रोईको पहिलो बलमा मोहम्मद नाबी क्याचआउट भए। दोस्रो बलमा करिम जन्नतले एक रन जोडे। तेस्रो बलमा गुरबाज क्याचआउट भएपछि भारत विजयी भएको थियो।
त्यसअघि, अफगानिस्तानका गुलबदीन नैब २३ बलमा ४ चौका र ४ छक्कासहित ५५ रनमा अविजित रहे। रहमानउल्लाह गुरबाजले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रन बनाए। कप्तान इब्राहिम जद्रानले ४१ बलमा ४ चौका र १ छक्कासहित ५० रनको योगदान दिए। मोहम्मद नाबीले १६ बलमा २ चौका र ३ छक्कासहित ३२ रन बताए।

भारतका वासिन्टन सुन्दरले ३ तथा आवेश खान र कुलदीप यादवले सामा १–१ विकेट लिए।
टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१२ रन बनाएको थियो। भारतका कप्तान रोहित शर्मा ६९ बलमा ११ चौका र ८ छक्कासहित १२१ रनमा नटआउट रहे। रिंकु सिंहले ६९ रनको योगदान दिए। ३९ बलमा २ चौका र ६ छक्का प्रहार गरेका उनी पनि नटआउट रहे।
अफगानिस्तानका फरिद अहमदले ३ तथा आजमतुल्लाह ओमरजाईले १ विकेट लिए। योसँगै भारतले तीन खेलको सिरिज क्लिनस्विप पनि गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
