वन्यजन्तुको आक्रमणबाट हुने अंगभंग एवं मानवीय क्षति, पशुधन, घर/गोठ र खाद्यान्न बालीको क्षतिबापत सरकारले किसानलाई राहत दिनुपर्ने व्यवस्था छ।
गुल्मी– गुल्मीका किसानले वन्यजन्तुले खाद्यान्न बाली तथा घरपालुवा पशुमा क्षति पुर्याएबापतको राहत रकम गत दुई वर्षदेखि पाउन सकेका छैनन्।
वन्यजन्तुबाट हुने क्षतिबापतको राहत सहयोगसम्बन्धी निर्देशिकामा वन्यजन्तुको आक्रमणबाट हुने अंगभंग एवं मानवीय क्षति, पशुधन, घर/गोठ र खाद्यान्न बालीको क्षतिको राहत रकम उपलब्ध गराउने व्यवस्था गरेको छ। सोहीअनुसार पीडित परिवारले राहतका लागि डिभिजन वन कार्यालयमा निवेदन दिँदै आएका छन्।
दुई वर्ष बित्न लाग्दा पनि आफूले राहत रकम पाउन नसकेको छत्रकोट गाउँपालिका–४ का विष्णुप्रसाद पन्थले बताए। रेसुंगा नगरपालिका–३ की चित्रकला थापाको समस्या पनि उस्तै छ। “बाघले बाख्रा खाइदिएपछि राहत मिल्छ भनेर वन कार्यालयमा निवेदन दिएको पनि धेरै समय भयो। अझैसम्म राहत पाएको छैन,” उनले भनिन्।
प्रदेश वन निर्देशनालयमार्फत डिभिजन वन कार्यालयले भुक्तानी दिने भनी सरकारले निर्णय गरिसकेको छ। तर, हालसम्म रकम डिभिजन वन कार्यालय गुल्मीमा निकासा भएको छैन। असारपछि कार्यविधि परिवर्तन भए पनि असार मसान्तभन्दा अघिसम्म बाँके राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध गराउँदै आएको थियो। निर्देशिका परिवर्तन भएपछि प्रदेशले जिल्लामा रकम पठाउने भनिएको छ। हालसम्म उक्त रकम डिभिजन वन कार्यालयमा आएको छैन।
असार मसान्तअघि पेश भएका निवेदनको रकम जिल्लामा नआएको हुँदा भुक्तानीका लागि बाँके राष्ट्रिय निकुञ्जमा फाइल पठाएको जिल्ला वन अधिकृत पंकजकुमार ठाकुरले जानकारी दिए। “हामीले जिल्लामा आएका भुक्तानी हुन बाँकी सबै फाइल राष्ट्रिय निकुञ्जमा पठाइसकेका छौँ,” त्यहीबाट पीडितको खातामा रकम जान्छ,” उनले भने।
आव २०७९/०८० मा जिल्लामा वन्यजन्तुको आक्रमणबाट ६८ पशुधन र ११ जनाको अन्नबालीमा क्षति पुगेको डिभिजन वन कार्यालयले जनाएको छ। मानवीय क्षति भए २० हजारदेखि अधिकतम १० लाख, पशुधनको क्षतिमा १० हजारदेखि ३० हजार र खाद्यान्न बालीको क्षतिमा १० हजारसम्म उपलब्ध गराउने व्यवस्था गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
