ज्यान मार्ने धम्की दिँदै १५ लाख फिरौती मागेको अभियोगमा ३ जना पक्राउ

भरतपुर–१ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित नम्बरबाट फोन गरी धम्क्याएर १५ लाख मागेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

चितवन– ज्यान मार्ने धम्की दिँदै १५ लाख रुपैयाँ फिरौती मागेको अभियोगमा तीनजना पक्राउ परेका छन्। 

प्रहरीले भरतपुर–२१ का २७ वर्षीय सरोज सुनार, १ का २६ वर्षीय दीपक विक र २६ का २५ वर्षीय सागर विकलाई पक्राउ गरेको हो। 

उनीहरूले भरतपुर–१ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित नम्बरबाट फोन गरी धम्की दिने गरेको चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिए। 

आपराधिक षड्यन्त्र मुद्दामा म्याद थप गरी उनीहरूमाथि अनुसन्धान थालिएको भण्डारीले बताए।