ललितपुर- २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन्।
काठमाडौं– ललितपुर २ मा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका छन्। नौ हजार २९४ मतान्तरले एमालेका महर्जन विजयी भएका हुन्।
महर्जनले १९ हजार ७३४ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत पाएका छन्।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जन तेस्रो र निवर्तमान सांसदसमेत रहेका एकीकृत समाजवादीका कृष्णलाल महर्जन चौथो भए।
ललितपुर २ मा २०४८ साल यता भएका दुई पटकका संविधानसभामा बाहेक एमालेले जित्दै आएको छ। २०६४ सालमा माओवादीका राजकाजी महर्जन र २०७० सालको दोस्रो संविधानसभामा ललितपुर २ बाट नेपाली कांग्रेसका चन्द्र महर्जन विजयी भएका थिए।
२०७४ सालमा भएको निर्वाचनमा बाम गठबन्धनका तर्फबाट एमालेका कृष्णलाल महर्जन विजयी भएका थिए। कृष्णलालले २७ हजार ७१३ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महर्जनले १६ हजार ९४५ मत ल्याए।
एमालेका महर्जनले १० हजार ७६८ मतअन्तरले चन्द्र महर्जनलाई पराजित गरेका थिए। अहिले पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एसको कृष्णलाल उम्मेदवार थिए। कृष्णलालले ८ हजार २६४ मत ल्याएका छन्।
एमालेबाट विजयी महर्जन हाल एमाले बागमती प्रदेश कमिटी सदस्य छन्। उनी एमाले ललितपुर-२ को क्षेत्रीय अध्यक्ष र जिल्ला सदस्य भइसकेका छन्।
प्रेम २०४८ र २०५४ मा भएको स्थानीय निर्वाचनमा ललितपुर उपमहानगरपालिकाको २ नम्बर वार्डको वडाअध्यक्षमा विजयी भएका थिए। प्रेमसँग ज्यापु समाजलगायत समाजिक संघसंस्थामा समेत बसेर काम गरेको अनुभव छ।
२०४१ सालमा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढ्दापढ्दै अनेरास्ववियूमा आवद्ध भएर राजनीति शुरू गरेका महर्जन तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य भएर काम गरेका थिए।
न्यून प्रोफाइलमा रहेर काम गरेका उनीसँग इन्जिनियर, विकास र कानुनसम्बन्धी ज्ञान छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
