पछिल्लो पाँच वर्षका सामाजिक, राजनीतिक घटनाक्रममाथि व्यंग्य कसिएका कार्टुन प्रदर्शनीमा राखिएका छन्।
काठमाडौँ– कार्टुनिस्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी शुरू भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टरमा रहेको 'उमोजा कफी'मा मिश्रका कार्टुन प्रदर्शनीका लागि राखिएका छन्। ‘डिपिक्सन’ नाम दिइएको प्रदर्शनीमा मिश्रका ३५ वटा कार्टुन राखिएका छन्।


१७ वर्षदेखि कार्टुन बनाइरहेका मिश्रले तीन हजार भन्दा धेरै कार्टुन बनाइसकेका छन्। कार्टुनलाई समाजसँग अन्तरक्रिया गर्ने सशक्त माध्यमका रूपमा लिएका मिश्रले समाजमा आफूले देखेका दृश्य कार्टुनमा उतार्ने गरेको बताए। उनले भने, "वर्तमानमा मैले देखेको समाजको दृश्य कोर्छु कार्टुनमा। यो प्रदर्शनी मैले देखेको समाजको चित्र हो।" प्रदर्शनीमा मिश्रले पछिल्लो पाँच वर्षमा बनाएका कार्टुन राखिएका छन्।


पछिल्लो पाँच वर्षका सामाजिक, राजनीतिक घटनाक्रममाथि व्यंग्य कसिएका कार्टुन प्रदर्शनीमा राखिएका छन्। कार्टुनलाई एकतर्फी सञ्चार मात्र नभई संवादका रूपमा स्थापित गर्न कार्टुन प्रदर्शनी गरिएको मिश्रले बताए।


उनी भन्छन्, "कार्टुनलाई सञ्चार मात्रै नभएर संवाद पनि बनाउन प्रदर्शनी आवश्यक हुँदो रहेछ। तपाईंसँग पत्रिकाको माध्यमबाट एकोहोरो संवाद गरिरहेको म यो प्रदर्शनीमार्फत दोहोरो संवाद गर्न आइपुगेको छु।"

‘कर्नर किक’ शिर्षकमा मिश्रका कार्टुन नयाँ पत्रिकामा प्रकाशित हुन्छन्। अखबार भन्दा पर पनि कार्टुनलाई पुर्याउन र थप पहुँचयोग्य बनाउन प्रदर्शनी गरिएको उनी बताउँछन्। मिश्र 'कार्टुनिस्ट क्लब अफ नेपाल'का महासचिव समेत हुन्।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
