पीडित महिलालाई ब्रुनाई पठाइदिने भनी झुक्याएर भारतमा लगेर १० हजार भारुमा बेचेका थिए।
काठमाडौँ– मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ परेका छन्। धादिङको मेत्रावती गाउँपालिका–२ का ५७ वर्षीय वीरबहादुर तामाङलाई मानव बेचबिखन तथा अनुसन्धान ब्युरोको टोलीले बुधबार पक्राउ गरेको हो।
उनले पीडित महिलालाई ब्रुनाई पठाइदिने भनी झुक्याएर २०४७ चैत ३ गते काठमाडौँबाट पश्चिमबंगालको बागडोग्रा भन्ने स्थानमा पुर्याइ भारतीय नागरिकलाई बेचबिखन गरेको ब्युरोका प्रवक्ता कृष्णप्रसाद पगेनीले बताए।
पीडितको श्रीमान् रोजगारीका लागि ब्रुनाईमा रहेका बेला ‘तिम्रो श्रीमानले ब्रुनाई ल्याइदिनु भनि मलाई चिठी पठाएको छ’ भनेर झुक्याइ काठमाडौँबाट काकरभिट्टा हुँदै पश्चिम बंगालस्थित एक जना भारतीयलाई बेचेको उनले बताए। तामाङले ती महिलालाई १० हजार भारुमा बेचेको खल्न आएको छ।
तामाङले पीडित महिलालाई अपरिचित व्यक्तिको घरमा पुर्याएर आफू भोलि आउँछु भन्दै छाडेर गएका थिए। तर ती भारतीय नागरिकले रिक्सामा राखेर अर्कै ठाउँमा लैजाने क्रममा पीडित महिला हाम फालेर भाग्न सफल भएकी थिइन्। उनी भागेर भारतीय प्रहरीकोमा पुगेकी थिइन्। प्रहरीले उद्धार गरेर नेपाल पुर्याएको थियो।
उक्त घटनापछि लुकिछिपी बस्दै आएका तामाङलाई प्रहरीले लामो समयदेखि खोजिरहेको थियो। उनलाई बुधबार ललितपुर महानगरपालिका–१४ मा पर्ने तिखेदेवलमा फेला पारेर पक्राउ गरेको ब्युरोले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
