सुदूरपश्चिमले दिएको २०२ रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमै समेटियो।
काठमाडाैँ– शेर मल्लको उत्कृष्ट बलिङ र किरण ठगुन्नाको उत्कृष्ट ब्याटिङप्रेरित सुदूरपश्चिम प्रदेशले बिहीबार गण्डकी प्रदेशमाथि १०८ रनको जितसहित लगातार तेस्रो सफलता निकालेको छ।
तीनै खेलमा पराजित गण्डकी अंकविहीन छ। भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको २०२ रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमै समेटियो।
गण्डकीका ईश्वर क्षेत्रीले २५ रन र कमल परियारले २२ रनबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। सुदूरपश्चिमका शेरले ८.२ ओभरमा एक मेडनसहित २३ रन खर्चेर पाँच विकेट लिँदै गण्डकीको इनिङ धरासायी बनाए। गजेन्द्र बोहराले दुई तथा भोजराज भट्ट, नरेन साउद र मिलन बोहराले समान एक विकेट निकाल्दै शेरलाई साथ दिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएका सुदूरपश्चिमले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै २०१ रनको मध्यम योगफल बनाएको थियो। किरणले ७३ बलमा सर्वाधिक ६० रनको योगदान गरे। उनले पाँच चौका प्रहार गरे।
नारायण जोशीले ४६ रन, शेर मल्लले १९, कप्तान राजु रिजालले १६ रन, टेक रावतले १५ र नरेन साउदले १३ रन जोड्दा सुदूरपश्चिमको इनिङ दुई रन पार गर्यो। गण्डकीका कप्तान विपिन खत्रीले तीन विकेट लिए। १० ओभरमा उनले चार मेडनसहित ९ रन मात्र खर्चिए। अंकित न्यौपानेले तीन, कमल परियार र अमृत गुरुङले समान दुई विकेट लिए ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
