समितिले एमडीएमएस र टेरामक्स प्रविधि खरिदका बारेमा मन्त्रालयबाट भएका नीतिगतदेखि सबै निर्णयहरुको विवरण र कागजात उपलब्ध गराउन निर्देशन दिएको हो।
काठमाडाैँ– शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले 'मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम' (एमडीएमएस) र 'टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम' (टेरामक्स) प्रविधिको आवश्यकता र औचित्यका बारेमा एक साताभित्र स्पष्ट दृष्टिकोण पेश गर्न सञ्चार त्था सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले यस्तो निर्देशन दिएको हो। समिति सभापति भानुभक्त जोशीले ६ वर्षअघि टेरामक्स प्रविधि खरिद गर्ने निर्णय गर्दाको अवस्थादेखि अहिलेको परिस्थितिबारे स्पष्ट दृष्टिकोण पेस गर्न निर्देशन दिएका हुन्। उनले टेरामक्स खरिद गर्ने विषयमा मन्त्रालय र प्राधिकरणले गरेका नीतिगत निर्णयसहितको कागजात समितिमा पेस गर्न पनि निर्देशन दिए।
उनले नीतिगत निर्णयपछि ठेक्का प्रक्रियामा भएका सबै कागजात,सञ्चार मन्त्रालयले यो विषय सम्बन्धी अध्ययन र छानबिन गरेका प्रतिवदेनसहित टेरामक्स र एमडीएमएसको विषयमा मन्त्रालयको स्पष्ट धारणा पेस गर्न भनेका छन्।
समितिले मन्त्रालयकै सहसचिवको संयोजकत्वमा गठन भएको छानविन समितिले तयार पारेको एमडीएमएस प्रतिवेदन पेस गर्न पनि निर्देशन दिने निर्णय गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
