तराईमा बाक्लो हुस्सु, कोशी र गण्डकीका पहाडी भूभागमा वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा भने हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जसका कारण कोशी र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। साथै, मध्य र पश्चिम तराईमा हुस्सु तथा कुहिरो लागेको छ।

पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा भने हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनेछ। 

यसैगरी, राति पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। 

देशभर चिसो बढेकाले आवश्यक सतर्कता तथा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।