जितसँगै समूह ‘बी’मा रहेको उज्बेकिस्तानको २ खेलमा ४ अंक छ। भारत भने अंकविहीन छ।
काठमाडौँ– भारतले एएफसी एशियन कपमा लगातार दोस्रो हार बेहोरेको छ।
कतारमा जारी प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा उज्बेकिस्तानले भारतलाई ३–० ले पराजित भएको हो। चौथो मिनेटमा अब्बोशेख फयजुलाएभको गोलमा उज्बेकिस्तानले अग्रता लिएको थियो। १८औँ मिनेटमा इगोर सर्गेवले गोल गर्दै अग्रता दोब्बर पारे।
शेरजोड नस्रुलोएभले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खेल ३–० को अवस्थामा पुर्याए। त्यसपछि दुवैतर्फबाट गोल हुन नसक्दा उज्बेकिस्तानले सहज जित दर्ता गर्यो।
जितसँगै समूह ‘बी’मा रहेको उज्बेकिस्तानको २ खेलमा ४ अंक छ। दुवै खेल गुमाएको भारत भने अंकविहीन छ। भारत पहिलो खेलमा अस्ट्रेलियासँग २–० ले पराजित भएको थियो।
समूह चरणको अन्तिम खेलमा अस्ट्रेलिया र उज्बेकिस्तान तथा भारत र सिरिया भिड्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
