लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय वैद्यको सुनधारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको छ।
काठमाडौँ– गायक तथा साहित्यकार योगेश वैद्यको निधन भएको छ।
लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय वैद्यको सुनधारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि केही समय नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिने र शुक्रबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।
करिब ५०० नेपाली गीत तथा झन्डै १०० भन्दा बढी नेपाल भाषाको गीतमा स्वर दिएका वैद्य पछिल्लो समय पक्षाघातसम्बन्धी समस्यासमेत झेलिरहेका थिए।
गायक वैद्यको केही समयअघि मिर्गौलासमेत प्रत्यारोपण गरिएको थियो। केही दिनदेखि रुघाखोकीबाट पनि ग्रसित थिए। २००३ सालमा नरदेवीमा जन्मिएका उनको ‘कति प्यासी छ जिन्दगी’ बोलको नेवारी र ‘सपना भुलाई सारा’लगायत गीत लोकप्रिय छन्।
राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गरेका वैद्यका विभिन्न कृतिसमेत प्रकाशित छन्। उनका श्रीमती, दुई छोरी र एक छोरा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
