अन्तरिम संविधानमा संघीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन भएको थियो।
जनकपुरधाम– मधेश प्रदेशमा शुब्रबार छैटौँ बलिदानी दिवस मनाइँदैछ। अन्तरिम संविधानमा संघीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेश आन्दोलनको सम्झनामा प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ।
मधेश आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते सिरहाको लहानमा स्थानीय रमेश महतोको निधन भएको थियो। २०६२/०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा संघीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन भएको थियो।
माघ २ गते शुरू भएको आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी रमेश महतोको निधन भएको थियो। यसपछि मधेशभर आन्दोलन भएको थियो।
पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग अन्तरिम संविधान संशोधन गरेर माग सम्बोधन गर्ने सम्झौतापछि पहिलो चरणको २१ दिने आन्दोलन स्थगित भएको थियो। सो आन्दोलनलाई मधेसवादीले मधेश जन विद्रोहको संज्ञा दिने गरेका छन्। त्यही जगमा देशमा संघीयता र संविधान आएको जनाउँदै मधेश प्रदेश सरकार गठन भएदेखि बलिदानी दिवस मनाउने गरिएको हो।
त्यसयता २०७४ सालसम्म पटकपटक भएका मधेश आन्दोलनमा ११७ जनाको ज्यान गएको मधेशवादी दलले दाबी गर्दै आएका छन्। तर, मधेशी शहीद प्रतिष्ठानसँग ६३ जनाले सहादत प्राप्त गरेको र ७२ घाइते भएको तथ्यांक छ।
बलिदानी दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
