दार्चुलाबाट महेन्द्रनगर हिँडेको बस दुर्घटना, १५ जना घाइते

घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। बस सडकबाट करिब २० मिटर तल खसेको थियो।

खलंगा– दार्चुला सदरमुकाम खलंगाबाट महेन्द्रनगरका लागि छुटेको बस महाकाली नगरपालिका–५ मा दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार घाइतेमध्ये एकजना गम्भीर, दुईजना मध्यम र अन्यको सामान्य अवस्था छ। 

घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। बस सडकबाट करिब २० मिटर तल खसेको थियो।